Sunday, 27 March 2011

बिदाई

दुई मुटु सह: यात्रा, चौतारी को मिलन थियो
यात्रा अगि बढ्दै थियो, सड़कलेनै मोड लियो /
दया लग्छा एउटा मुटु पीड़ा मा छ येतिबेला
अर्को मुटु हासीखुसी यात्रा बाट बिदा लियो //

...राम कुमार श्रेष्ठ 

Thursday, 24 March 2011

चोट देऊ यो मुटुमा !


चोट देऊ यो मुटुमा ठाउँ अँझै बाँकी छ
तिम्रै हातले लेखिएको नाउ अँझै बाँकी छ ।
निस्फिक्री खेले हुन्छ खुशी छु म पराजय मै
तिम्रो पक्षको आखिरी एक दाउ अँझै बाँकी छ ।
तिम्ले जस्तै बिर्सन त कोशिस मैले गरेकै हुँ
घरी-घरी बल्झी रहने घाउ अँझै बाँकी छ ।
अप्सरा झैं सिंगारिएर केको उत्सव मनायौ हिजो
सप्तरंगी सिउँदोभरि फाउ अँझै बाँकी छ ।
जले सबै सपनाहरू उराठ भयो जिन्दगी
अफसोच यी आँशुको तलाउ अँझै बाँकी छ ।
के “अमरदीप”

तिम्रो सिउँदो भर्न देऊ !


सातै जुनी नभए नि तिम्रो सिउँदो भर्न देऊ !
जवानी त्यो अङ्गभरि एउटा रङ्ग छर्न देऊ !
तिम्रो दिलको फूलबारीमा धेरै फूल भए पनि
धेरै बेर्ना होइन मेरो एक कलमी सर्न देऊ !
हावा सरी नबनुँ म सारा शरीर सुम्सुम्याउने
तिम्रो अङग-अङगमा केबल एक स्पर्श पर्न देऊ !
चोखो जल नबनुँ म तिम्रो मन मन्दिरको
छानोबाट बलेसीको पानी बनी झर्न देऊ !
अर्को जुनी जे त होला एक्लो यात्री बने पनि
यो जुनी चाहिं तिम्रै मनको शिविरभित्र टर्न देऊ !

कहाँ पाहिन्थ्यो र बाल्यकाल

कहाँ पाहिन्थ्यो र बाल्यकालका खुशी हुने ति  दिनहरु ??
धुलो माथि टेकी हाम्ले जुन तारा छुने ति दिनहरु ??
कसैको दुख, कसैको पिर,कसैको चिन्ता मतलब थे’न,
के आउला भाँडाकुटीको दुनियामा रमाउने ति दिनहरु ??
न भोक लाग्थ्यो, न केहि बितेको हुन्थ्यो खेल्न पाउँदा
कहिले आउला फेरी पौडी, डन्डीबियो खेल्ने ति दिनहरु ??
के घर गाउँ, समाज, के देशको चिन्ता केहि थाहा नै थिएन,
खुशी हुन्थे आए बिना चिन्ता खोलीबगर डुल्ने ति दिनहरु ??
साथीभाईको लहैलहै मै स्कूलबाट भागेर बनपाखा डुलेको ,
सम्झन्छु अहिले झल्झली ऐंसेलु, काफल खाने ति दिनहरु…
जे . आर. “आभास”